रविकाे प्रश्न: मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन ल्याइएन ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८०, शुक्रबार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति रवि लामिछानेले मिटरव्याजबाट पीडित नागरिकको पक्षमा आफूरहेको भन्दै मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए।

- Advertisement -
Ad imageAd image

शून्यमा गएको उक्त बिधेयकलाई व्युँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उनले बताए। उहाले मिटरव्याजसम्बन्धी प्रतिस्थापन बिधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताए।

लामिछानेले सत्तापक्षका केही दलहरुका कारण मिटरव्याज सम्बन्धी कानूनलाइ रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र बिपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे।

सरकारले ल्याएको मिटरब्याज सम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेश गरिएको थियो। तर सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्कृय भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्