श्री शाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ २७ गते बुधबार तद्अनुसार सन् २०२३ जुलाई १२ तारिख शुद्ध श्रावणकृष्णपक्ष दशमी तिथि भरणी नक्षत्र धृति योग वणि करण आनन्दादियोगमा काण योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१७ बजे भयो र सूर्यास्त साँझ १९ः० बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी नै छ । समयको सदुपयोग हुनेछ भने अप्ठ्यारो परिस्थितिमा पनि आवश्यक काम बन्नेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता वृद्धि हुनेछ । मानवर्द्धक काम बन्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि आश मारेको कामको फल पुनः प्राप्त हुनाले उल्लास जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि महत्वपूर्ण काम सम्पादन हुनेछन् । परिवारजनको साथ–सहयोग मिल्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कार्यमा केही चुनौती पनि सामना गर्नुपर्ला । स्वास्थ्य अलिक कमजोर रहन सक्छ । तथापि, व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसायको सिलसिलामा लाभदायक यात्राको योग छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । रसरागमा रुचि बढ्नेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन मनोरञ्जनपूर्ण रहनेछ । दाम्पत्य सम्बन्धमा रमाउने समय छ भने प्रेमको बन्धन कसिएला । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । नयाँ काम पाइने योग छ । कर्मबल बढ्नेछ । रोकिएका काम बन्नेछन् । मिठो भोजन मील्नेछ । सुख शान्तिको भाव वृद्धि हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आम्दानी बढ्ने समय छ । सोख गर्नेलाई नयाँ सवारी साधन प्राप्तिको योग छ । बिनाप्रतिस्पर्धा फाइदा हेला । अरूको भरपर्दा काम रोकिन सक्छ । योजना कार्यान्वयनका लागि हिम्मत जुटाउनु हितकर हुनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शांति वृद्धि होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने अनुकुल समय छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): इर्ष्या गर्नेले काममा अवरोध पुर्याउन सक्ने समय हुनाले आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने बढ्ने देखिन्छ । आफ्नै कमजोरीले कतै विवादमा परिने सम्भावना रहेकोले सावधानीका साथ व्यवहार गर्नुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पठनपाठनमा राम्रै प्रगति हुने समय भएपनि विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । आरोग्यबल बढ्नेछ । सुख सुविधाको वस्तुमा खर्च होला । प्रेमभाव वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ, सुझबुझले अघि बढ्ने प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ, तर कमजोर मानसिकताले पछि परिने सम्भावना छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ र पनि उद्योग–व्यापारमा विशेष फाइदा हुने योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रतिष्पर्धी परास्त होलान् । दायित्वलाई पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ, तर विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । धन आर्जन गर्ने मौका जुर्ला । पारिवारिक जमघटमा मन रमाउनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । आफन्तको साथ भने कमै मिल्ने योग छ र पनि शत्रु परास्त होलान् ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्