कान्तिपुर टीभीले युट्युबबाट हटायो पलसँगको कुराकानी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०८०, मंगलवार
1 Min Read
Aa

चर्काे आलोचना भएपछि कान्तिपुर टेलिभिजनले अभिनेता पल शाहसँगको अन्तर्वार्ता कार्यक्रम युट्युबबाट हटाएको छ।

कान्तिपुर टेलिभिजनले सोमबार सामाजिक सञ्जालमार्फत गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा पल शाहसँग गरिएको कुराकानी युट्युबबाट हटाइएको जानकारी दिएको हो।

- Advertisement -
Ad imageAd image

‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ। महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो’, कान्तिपुर टेलिभिजनले भनेको छ, ‘त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ।’

उक्त कार्यक्रममा बलात्कार अभियोगमा एक वर्ष जेल सजाय पाएपछि अदालतबाट सफाइ पाएका पल शाहसँग कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीले कुराकानी गरेका थिए। त्यस कार्यक्रममा पलले जेल बसाइका कुरा हाँसीहाँसी सुनाएका थिए भने त्यसमा कार्यक्रम सञ्चालक क्षत्रीले अट्टहास गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा बलात्कारजस्तो संवेदनशील विषयलाई पनि हाँसी मजाकको विषय बनाइएको भन्दै व्यापक आलोचना भइरहेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्