हिमालयन एभरेस्ट इन्स्योरेन्स र मेरो बीमा बीच एमओयुमा हस्ताक्षर, अनलाइन बाटै बीमा किन्न सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ असार २०८०, सोमबार
1 Min Read
Aa

डिजीटल प्लेटफर्म मार्फत बीमा सेवालाई क्रान्तिकारी रूपान्तरण सहित सेवाग्राही समक्ष लैजाने कार्य गर्दै आएको मेरो बीमा (सारथी एजेन्सी प्रा. ली.) र ननलाईफ इन्स्योरेन्सको क्षेत्रमा अग्रणी कम्पनीको पहिचान बनाएको हिमालय एभरेस्ट इन्स्योरेन्सबीच बीमा व्यवसायलाई प्रवर्द्धन गर्दै व्यवसाय विस्तारमा एक अर्कालाई सहयोग पुर्‍याउने समझदारी भएको छ ।

हिमालय एभरेस्ट इन्स्योरेन्सको केन्द्रीय कार्यलय बिजुलीबजारमा आयोजित विशेष कार्यक्रममा हिमालय एभरेस्ट इन्स्योरेन्सका सिईओ विजय शाह र मेरो बीमाका सिईओ शंकर बहादुर घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै हिमालय एभरेस्ट इन्स्योरेन्सको संस्थागत अभिकर्ताको रूपमा मेरो बीमाले कार्य अगाडि बढाउने छ ।

- Advertisement -
Ad imageAd image

डिजीटल प्लेफर्म मार्फत बीमालाई आम नागरिकको हातसम्म लैजान सम्झौता कोशेढुंगा हुने मेरो बीमाका सिईओ घिमिरेले जानकारी दिए । उक्त सम्झौतासँगै मेरो बीमाको अनलाइन प्लेटफर्म मार्फत तेस्रो पक्ष बीमा, ट्राभल इन्स्योरेन्स र हेल्थ इन्स्योरेन्स लगायतका सेवाहरू सर्भसुलभ तरिकाले उपलब्ध हुने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्