अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०८०, आईतवार
1 Min Read
Aa

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ।

नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो। चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। तीन  एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।

- Advertisement -
Ad imageAd image

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे।

यस सडकखण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्