राष्ट्रपति पौडेल उपचार खर्च ५५ लाख भुक्तानी गर्न अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्राचार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०८०, बुधबार
1 Min Read
Aa
Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा र ल्याउँदा लागेको ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयले सोमबार ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको हो ।

राष्ट्रपति पौडेललाई गएको वैशाख ६ गते उपचारका लागि भारत लैजादा श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट र ल्याउँदा नेपाल वायु सेवा निगमको नियमित उडानबाट ल्याइएको थियो ।

दुईतर्फी ५५ लाख २ हजार २७९ रूपैयाँ खर्च भएको थियो । त्यतिबेला भारतमा लागेका उपचार खर्च विषयमा चौतर्फी आलोचना भएपछि राष्ट्रपतिको स्वकीय सचिवालयले उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेको विज्ञप्ति सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array