घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८०, सोमबार
1 Min Read
Aa

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको सोमबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य मूल्य घटाएको हो।

मूल्य घटेसँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइने भएको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार पहिलो वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ ।

- Advertisement -
Ad imageAd image

दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्