नारायणगढ–मुग्लिन सडक फेरि बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०८०, शनिबार
1 Min Read
Aa

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज (शनिबार) बिहान पहिरो खस्दा शुक्रबार साँझ मात्र खुलाइएको सडक पुनः बन्द भएको हो। ।

सोही स्थनामा बिहीबार दिउँसो बन्द भएको सडक शुक्रबार साँझ ५ बजे मात्र खुलाइएको थियो। पहिरो पन्छाएर खुलाइएको सडक पुनः पहिरो खस्दा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

- Advertisement -
Ad imageAd image

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।

सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्