रविविरुद्ध युवराज सफलको रिट सर्वोच्चले खारेज गरिदियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८०, बुधबार
2 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजी मागसहित दर्ता भएको रिट सर्वोच्च अदालतले बुधबार खारेज गरिदिएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सदस्य रहेको संवैधानिक इजलासले लामिछानेविरुद्धको रिट खारेज गरिदिएको हो।

- Advertisement -
Ad image

यससँगै विदेशी नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकता लिएको दाबीलाई पनि सर्वोच्चले गलत ठहर गरिदिएको छ।

चितवन क्षेत्र नम्बर २ का सांसद लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि लिएको भन्दै अधिवक्ता युवराज सफलले गत जेठ १० गते सर्वोच्चमा अदालतमा रिट हालेका थिए।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस नगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुरानै नम्बर नागरिकता लामिछानेले लिएको दाबी सफलले गरेका थिए। उनले यस रिटमा अन्तरिम आदेश पनि मागेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ।

यो रिटलाई सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले जेठ १० मा दर्ता गर्न आदेश दिएको थियो। सांसद हुन रविको अयोग्यतासम्बन्धीको उक्त रिट दर्तासँगै रविले आफूलाई खेद्न नछाडिएको बताएका थिए।

रविको सांसद पदको अयोग्यतासम्बन्धी उक्त रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा पेश भएको थियो। तर अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले वैशाख २८ गते यो निवेदनलाई दरपीठ गरिदिएका थिए।

दरपीठ गर्ने पन्थीको निर्णयविरुद्ध पौडेलले गत जेठ १ गते आदेश माग्दै निवेदन पेश गरेका थिए। न्यायाधीश श्रेष्ठको एकल इजलासबाट दरपीठ आदेश बदर गर्दै दर्ता गर्न आदेश दिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्