उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८०, बुधबार
1 Min Read
Aa
pkk|wfg Pjd u[xdGqL >]i7 labfO ul/Fb} sf7df8f}+, !# c;f/ M pkk|wfgdGqL Pjd u[xdGqL gf/fo0fsfhL >]i7 ;ft ;b:oLo k|ltlglwd08n;lxt dËnaf/ /flt kfFrlbg] …klZrdL rLg cGt/fli6«o d]nfÚ df efu lng rLgsf] l;r'jfg k|fGt hfg] qmddf labfO{ ub}{ g]kfn k|x/L dxflg/LIfs j;Gtaxfb'/ s'Fj/ / ;z:q k|x/L dxflg/LIfs /fh' cof{n labfO ug{'x'Fb} . tl:a/ M czf]s l3ld/]÷/f;;

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन गएका छन्। मंगलबार राति ११:२० को उडानमार्फत चीनको छेन्दु प्रस्थान गरेका हुन्।

बुधबार उनी ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ। उक्त मेलाको उद्घाटन गरी दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

त्यही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजको आयोजना गरिने छ।

उनले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन्। उनले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्नेछन्। त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने तालिका छ।

शनिबार भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’, दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन्।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११:१० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अंगरक्षक बाबुराम खरेल छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्