प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बालेनको उद्घोष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सांसदले पूर्वसहमति नलिई योजना छनोट गरेको खण्डमा कार्यान्वयन नगराउने बताएका छन् ।

आज (बुधबार) आर्थिक वर्ष २०८०/ ०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरप्रमुख शाहले प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले महानगरको पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन हुन नदिने बताएका हुन्

यस्तै महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ।

गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका छन् ।

त्यस्तै महानगरबासीको दैनन्दिनका समस्या समााधन गर्न, महानगरपालिकाको सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनिएको छ। महानगरका वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनाका रुपमा कार्यान्वयन गर्ने मेयर शाहले बताएका छन्।

सहरी योजना आयोग सम्बन्धीे कार्यनीति अन्र्तगत योजना तर्जुमा कार्यमा जनसहभागिता कायम गर्न वर्षभरी नै नागरिकले अनलाइन प्रणाली मार्फत योजना माग गर्न सक्ने गरी पोर्टल तथा एप विकास गरी प्रयोगमा ल्याउने जनाइएको छ।

काठमाडौँ महानगरपालिकाको २० वर्षे रणनीतिक विकास योजना सहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी संचालनमा ल्याउने महानगरले जनाएको छ।

काठमाडौँ महानगरपालिकाका सवारी साधनहरु बैकल्पिक ईन्धनवाट सञ्चालन हुने गरी रुपान्तरण गर्न आवश्यक प्रवन्ध मिलाईने महानगर प्रमुख शाहले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array