भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी) का वरिष्ठ नेता एवं पूर्व विदेश विभाग प्रमुख डा. बिजय जोली नेपाल आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।
नेपाल एयरलाइन्सको नियमित उडान मार्फत नेपाल आएका जोलीलाई मातृभूमि अभियान मधेस प्रदेशका संयोजक तबरेज आलमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरेका थिए । नेपाल-भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको डा. जोलीको दाबी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको केही समयपछि भएको जोलीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । खासगरी प्रधानमन्त्री प्रचण्डको अग्रसरतामा बन्न लागेको समाजवादी मोर्चा घोषणाको केही घण्टा अघि मात्रै जोलीको आगमनलाई अर्थपूर्ण मानिएको हो ।
नेपाल रहँदा बिजेपी नेता जोलीले सत्तारूढ दलका प्रभावशाली नेताहरूसँग भेटघाट गर्ने कार्यतालिका रहेको जनाइएको छ । सत्तारूढ गठबन्धन भित्रको नयाँ समाजवादी मोर्चाको पक्षमा समर्थन जनाउन जोली आएको मोर्चा निर्माणमा अग्रपंक्तिमा खटिएका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा गोरक्षपोस्टलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्