नेपाल भित्रियो मनसुन, आजबाट पानी पर्ने क्रम बढ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

यस वर्षको मनसुन आजबाट नेपाल भित्रिएको छ । यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जनाइएको छ । जसअनुसार मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । त्यस्तै आजबाट पानी पर्ने क्रम बढ्नेछ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: