७.७९ अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ३७३.३५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

- Advertisement -
Ad image

त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज १५ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा  हिमालयन डिस्टिलरी र शिव श्री हाइड्रोपावरको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा अभ्यान लघुवित्त र कालिञ्चोल दर्शनका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रभु स्मार्ट  फण्ड र सगरमाथा जलबिद्युतका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्