प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार तोकियो पेसी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमाओवादी नेता बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मंगलबार प्रचण्ड र भट्टराईविरुद्ध माओवादीका पूर्व बालसेनाले रिट दर्ता गराएका हुन्।

दशक लामो माओवादी सशस्त्र द्वन्द्वकालका बालसेनाको योगदानको अवमूल्यन गरिएकाले उक्त रिट दार्ता गरिएको पूर्व बालसेनाहरूले बताएका छन् । पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिटमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री तथ पूर्व माओवादी नेता बाबुराम भट्टराईसहित गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन्।

- Advertisement -
Ad imageAd image

रिटको पेशी ३० जेठ अर्थात मंगलबार तोकिएको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले यो रिट दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्ध पूर्व बालसेनाहरूले इजलासमा निवेदन दिएका थिए। सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिट दरपीठ गर्ने निर्णय खारेज गरेपछि रिट दर्ता भएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्