प्रधानमन्त्री दाहाल भन्छन्: सरकार दुनियाँभर भिख माग्ने अवस्थामा छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा रहेको दाबी गरेका छन्। आज (शुक्रबार) रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त दाबी गरेका हुन्।

उनले भने, ‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ। प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई-मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ। तपाईँहरूले सुन्नुभएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन्। नेपाल आफैमा सुनको कचौरा जस्तो छ। हामी दुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ। सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ। यो एउटा विडम्बना हो। नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो।’

प्रतिक्रिया दिनुहोस्

Array