एसइई नतिजा असार तेस्रो सातामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।

बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट चार लाख ८५ हजार ३९६ जना परीक्षार्थी सहभागी थिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: