जेठ २४ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २४ गते बुधबार तद्अनुसार सन् २०२३ जुन ७ तारिख आषाढ कृष्ण पक्षको चतुर्थी तिथि उत्तराषाढ़ा नक्षत्र ब्रम्हायोग बब करण आनन्दादियोगमा बज्र योग चन्द्रमा धनु राशिमा ७ः४९ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० बजे भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्मबल बढे पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग भेटघाट हुने समय छ । रोकिएका कामकाज बिस्तारै बन्नेछन् । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्य सामान्य रहला । विलासी काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, जसले मनमा खिन्नता पैदा गर्न सक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । साथ–सहयोग दिनेहरू प्रशस्तै भेटिनेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । धन आर्जन हुने समय छ । मित्रजनको साथ प्राप्त हुनेछ । व्यक्तित्वको प्रभाव ।ाथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने दिन छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत फेलापर्ने छन् । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्ने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । रचनात्मक काम सुरु गर्ने समय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रेमभाव र आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मानसम्मान तथा ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । केही झमेला आइलाग्न सक्छ भने दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन होला । मित्रजनको साथ मिल्नेछ । रचनात्मक काममा सफलता मिल्ने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, तर उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । कमजोरी सुधार्ने अवसर जुर्ला । प्रेमबल बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, प्रशंसकहरू बढ्नेछन् । काममा सहयोगीहरूले साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । व्यस्तता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाएर मात्र विशेष कार्यमा हात हाल्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम र आरोग्य बढ्नेछ । उत्साह र उमङ्ग बढ्ला । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । आजको दिन परिवारमा भने असमझदारी बढ्न सक्छ । खर्च भए पनि सुख सुविधाको बस्तु हात पर्ला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने सम्भावना प्रवल छ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कार्यमा सफलता प्राप्त हुनेछ भने रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पुरुषार्थी काम गर्ने हिम्मत पलाउने समय छ । आर्थिक पक्ष पनि सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । सन्तानको सुख प्राप्त हुनेछ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):  मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । काममा सोचेअनुसार कार्यसफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आरोग्यता बढ्ला, रसरागमा आकर्षण बढ्नुका साथै यात्रामा सफलता प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख मिल्न सक्ने समय छ । अनावश्यक दौडधुपमा समय बित्नेछ । आजको दिन अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आफन्तको साथ कमै मिल्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array