भारतीय राष्ट्रपति द्रोपदी मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

राष्ट्रपति मुर्मुसँगको भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका थिए । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array