ध्रुमपान तथा सुर्तीजन्य पदार्थको सेवन विरुद्ध सचेतना कार्यक्रम आयोजना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

विश्व ध्रुमपान तथा सूर्तीजन्य पदार्थ विरुद्धको दिवसका अवसरमा ध्रुमपान तथा सुर्तीजन्य पदार्थको सेवन विरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्यान्सर सोसाइटी नेपालले यही जेठ १७ गते बुधबार, मे ३१ का दिन उक्त सचेतना कार्यक्रम आयोजना गरेको हो ।

भक्तपुर जिल्लाको सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिर्सोर्टमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई क्यान्सर रोग, यसका कारण र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।

वि.सं.२०६१ सालमा स्थापना भएको क्यान्सर सोसाइटी नेपाल मुनाफारहित सामाजिक संंस्थाले स्थापनाकालदेखि नै ध्रुमपान, मद्यपान, लागुपदार्थ सेवनजस्ता विसंगतिका विरुद्ध युवाहरुलाई परिचालन गरि शिक्षामूलक तथा जनचेतनामूलक अभियान संचालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर आयोजना गरिने क्यान्सर सोसाइटी नेपालका अध्यक्ष रामनाथ मैनालीले बताउनुभयो ।

स्वास्थ्य कर कोषको सचिवालयको समेत आयोजनामा भएको ध्रुमपान तथा सुर्तीजन्य पदार्थको सेवन विरुद्धको सचेतना कार्यक्रममा शान्ति निकेतन मा.वि., अरनिको सेकेन्डरी स्कूल, एप्पल इन्टरनेशनल स्कूल, जोरपाटी सकेन्डरी स्कूल, गणेश मा.वि. का विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्यान्सर रोग र यसबाट बच्ने उपायका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. पवन कुमार साह तथा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशराज न्यौपानेले विद्यार्थीहरुलाई बिस्तृत रुपमा जानकारी दिनुभयो । सो अवसरमा क्यान्सर रोगका बारेमा वक्तृत्वकला कार्यक्रम समेत आयोजना गरियो र विजेता विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको छ । हरेक मे ३१ लाई विश्व ध्रुमपान दिवसका रुपमा मनाइने गरिन्छ । ध्रुमपान तथा सुर्ती सेवन त्यागौं, क्यान्सर रोगबाट बचौं भन्ने नारालाई जोड दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array