१७ खर्ब सेरोफेरोमा बजेट तयार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

चालु आर्थिक वर्षमा राजस्व असुली इतिहासकै कमजोर र आगामी वर्ष पनि अर्थतन्त्रमा ठूलो सुधार आउने संकेत नदेखेपछि सरकारले नयाँ वर्षको बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा बनाएको छ । लामो समयदेखि (एकाध वर्षबाहेक) प्रत्येक वर्ष बजेटको आकार बढ्दै आएको छ ।

तर, यो वर्ष अर्थतन्त्र सुस्ताएको र त्यसको राजस्व असुलीमा धक्का दिएकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आवको भन्दा सानो आकारको हुने भएको हो । यो वर्ष १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले आगामी वर्षको बजेट चालुभन्दा कम भएको जानकारी दिँदै बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा तयार भएको बताए । आजको कारोबार दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्