जेठ १५ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ जेष्ठ २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

 

श्री शाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १५ गते सोमबार तद्अनुसार सन् २०२३ मे २९ तारिख ज्येष्ठ शुक्ल पक्षको नवमी तिथि ९ः१५ पर दशमी तिथि उत्तराफाल्गुणी नक्षत्र बज्र योग तैतिल करण आनन्दादियोगमा श्रीवत्स योग चन्द्रमा सिंह राशिमा ७ः०० बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ बजे भयो र सूर्यास्त साँझ १८ः५२ बजे हुनेछ । गणतन्त्र दिवस । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीको सामना गर्नुपर्ला । आलोचकहरु सक्रिय होलान् । आगो तथा हातहतियारबाट आज विशेष सावधान रहनु हितकर हुनेछ । दम्पतिबीच सामान्य असमझदारीको अवस्था आउन सक्छ, सचेत रहनुहोला । अर्थअभावको अनुभूति हुन सक्छ । यसका बाबजुद साहस वृद्धि होला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख मिल्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय शुभदायी छ । तपाईंका कामको कदर हुनेछ भने मान–प्रतिष्ठा बढ्ने योग छ । जागिरमा भने अनावश्यक झमेलाको सामना गर्नुपर्ने अवस्था आउन सक्छ, तर चुनौतीलाई विवेकले चिर्न सकिनेछ । रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । प्रेमपथमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । व्यापार–व्यवसायमा पनि सफलता पाउनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढे पनि आजको दिन आत्मविश्वास जाग्ने तथा पराक्रम बढ्ला । अल्झेको काम बन्नाले मनमा उल्लास छाउने समय छ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । अध्ययन–अध्यापनमा भने अवरोध पैदा होला । फुर्सदको अनुभूति हुनेछ । मन प्रशन्न रहला । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विशेष तथा महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुने समय छ । अधुरा काम बन्नेछन् । रोकिएका घरेलु कामकाज बिस्तारै सुचारु होलान् । आलोचकहरु परास्त हुनेछन् । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय अलिक चुनौतीपूर्ण भएकोले सावधानी र धैर्यता अपनाउनु उपयुक्त हुनेछ । आज स्वास्थ्य सामान्य कमजोर रहे पनि पराक्रम घट्नेछैन । भौतिक साधनको क्षतिले अनावश्यक धन खर्च हुन सक्ने योग रहेकोले सावधानी अपनाउनुहोला । मनमा पिडाले डेरा जमाउन सक्छ । खेलकूदमा भाग लिने तथा यात्रा गर्ने योग छ । चोटपटक लाग्नुबाट बच्ने विशेष प्रयत्न गर्नु हितकर होला । परिवारको अवस्था सामान्य रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यावसायिक काम बीचमा अवरुद्ध बन्ने योग भए पनि पढाइलेखाइमा प्रगति हुनेछ । धन वृद्धि होला । महत्वपूर्ण काम बन्ने समय छ । तपाईंको लगनशिलता र इमान्दारिताको प्रशंसा होला । मनमा शान्ति छाउनेछ । मित्रजनसँग आत्मीयता बढ्नेछ । प्रेमसम्बन्धमा मिठास आउला । आरोग्यबल बढ्नेछ । सुख प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । आर्थिक कारोबारका लागि पनि आजको दिन अनुकूल रहला । आम्दानी बढ्न सक्छ । मनोरञ्जनमा दिन बित्ने योग छ । मिष्ठान्न भोजन मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन उल्लासमय रहला । व्यापार–व्यवसायमा सुधार आउनेछ । लाभप्रद यात्राको योग छ । सन्तान पक्षबाट पनि सुख पाइनेछ । उत्साह र जाँगर वृद्धि होला । पराक्रम र आय बढ्नेछ । ब्यस्तता पनि बढ्ला । दाम्पत्य सुख मिल्नेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उत्साहवर्द्धक समय छ । काम गर्न जाँगर चल्नेछ । स्वास्थ्यमा पनि सुधार आउला । कामको मूल्याङ्कन भने सही रुपमा नहुन सक्छ । मित्रजनले साथ–सहयोग दिनेछन् । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम पुनः सुरु हुन सक्छन । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । पढाइमा सफलता पाउने र आफन्तहरुको सहयोग मिल्ने योग छ । कुराकाटनेहरु सक्रिय रहे पनि तपाईंको बोली र व्यक्तित्वको प्रभाव रहला । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानीमा कमी आउने छैन तर आजको दिन अनावश्यक खर्च हुनबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर होला । मित्रजन तथा छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । व्यापारमा फाइदा हुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । योजनाहरु कार्यान्वयनमा जानेछन् । सहजरूपले काम बन्ने समय छ । मन हर्षित हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । सुख–सुविधाको बस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्