बायर्न म्युनिख लगातार ११ औँ पटक बुन्डेस लिगा च्याम्पियन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८०, आईतवार
3 Min Read
Aa

जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखले लगातार ११ औं पटक जितेको छ। शनिबार राति भएको अन्तिम चरणको खेलमा बौउरुसिया डर्टुमन्ड माइन्जसँग २-२ गोलको बराबरीमा रोकिंदा बार्यनले भने एफसी कोलनलाई २-१ ले पराजित गर्दै च्याम्पियन बन्यो।

यो पटक उपाधिका लागि बार्यनलाई भन्दा डर्टमुन्डलाई सहज मानिएको थियो। डर्टमुन्डको हार या बराबरीले मात्र बार्यन अन्तिम खेलमा जित निकाल्दा च्याम्पियन बन्ने समिकरण बनेको थियो। जुन समिकरण अनुसारनै हजारौै घरेलु समर्थकमाझ डर्टमुन्ड माइन्जसँग बराबरीमा रोकिन पुग्यो भने बार्यनले आफ्नो खेलमा जित निकाल्यो।

- Advertisement -
Ad imageAd image

डर्टमुन्डलाई उपाधि जित्नका लागि लिगको  अन्तिम खेल जित्नै पर्ने या म्युनिखले हार या  बराबरीमा रोकिनु पर्ने अवस्था थियो। तर डर्टमुन्ड आफू रोकिंदा बार्यनले बाजि मार्यो। दुबै टिमले लिगको अन्तिम खेल (३४) मा समान ७१ अङ्क बनाएपनि गोल अन्तरमा शीर्ष स्थानमा रहँदै लगातार ११ औं पटक बार्यन म्युनिख च्याम्पियन बनेको हो।

डर्टमुन्ड भने २०११-१२ पछि च्याम्पियन बन्ने सपना नजिक पुगेर उपाधि विहीन बन्यो। वार्यनलाई उपाधि दिलाउन जमल मुसिअलाले ८९ औ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। २०११-१२ को सिजनयता बार्यन लगातार उपाधि जितिरहेको छ।

जितसँगै प्रशिक्षक थोमस टुचेलले सिजनको सुखद अन्त गरेका छन्। उनले जुलियन नगेल्सम्यानको स्थान लिंदै बार्यनको प्रशिक्षक बनेका थिए। १९९९-२००० को सिजन पछि पहिलो पटक लिगको अन्तिम दिनमा दोस्रो स्थानमा रहेर खेल सुरु गरेको टिमले उपाधि जितेको हो। उक्त समयमापनि  बार्यनलेनै अन्तिम दिन शीर्ष स्थानको बार्यन लिभरकुशेनलाई पछि पार्दै उपाधि जितेको थियो।

खेलको आठौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ८१ औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८९ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै टिमलाई सनसनिपूर्ण उपाधि दिलाए।

डर्टमुन्ड भने घरेलु मैदानमा पहिलो हाफमानै पाहुना टोली माइन्जसँग २ गोलले पछि परेको थियो। १५ औ मिनेटमै हान्ची ओल्सेनले गोल गर्दा अर्को गोल ओनिसुवाले २४ औ मिनेटमा गरेका थिए। तर दोस्रो हाफमा खेलमा फर्किएपनि डर्टमुन्डलाई उपाधि दिलाउन पर्याप्त भएन।

यदि जित निकालेको भए डर्टमुन्ड च्याम्पियन बन्ने थियो। डर्टमुन्डका लागि राफेल गुएरिरोले ६९ औ मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयमा सुलेले बराबरी गोल फर्काउँदै टिमलाई एक अङ्क दिलाए। तर अर्को खेलमा बार्यनको जितसँगै डर्टमुन्ड समान अङ्क भएपनि गोल अन्तरमा पछि रहँदा उपाधि जित्न असफल भयो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्