नक्कली भुटानी शरणार्थी प्रकरणलाई यो सरकारले ह्याण्डलमात्रै गरेको हो: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको विषय नभइएको कुसल रूपमा ह्याण्डलमात्रै गरेको बताएका छन् । शनिबार संसदमा उनले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी पहिलेदेखि चल्दै आएको रहेछ । सरकारले आविष्कार गरेको विषय पनि होइन । ह्याण्डल कसरी गर्ने भन्ने चुनौती थियो । कोही पनि दोषी नछुटुन कोही निर्दोष नफसुन भन्ने निर्देशन गृह मन्त्रालय मातहतलाई दिएको हो । अहिले पनि त्यही हो,’ उनले भने, ‘अब यो विषय अदालतमा पुगेको विषय भयो । अदालतले दूधको दूध पानीको पानी गर्ने कुरामा हामी सबैलाई विश्वास छ ।’

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम मौलिक रहेको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले नीति तथा कार्यक्रमको विरोध गरेकोप्रति लक्षित गर्दै प्रचण्डले एमालेका एजेण्डा पनि नीति तथा कार्यक्रममा समेटिएको दाबी गरे । निर्वाचन पछि एमाले र कांग्रेससँगको गठबन्धनमा सरकार बनेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले यो दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रम मिसिएको मौलिक नीति तथा कार्यक्रम भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Array