मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज (शनिबार) सम्पन्न भएको उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा स्रम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

- Advertisement -
Ad imageAd image

उनलाई अघिल्लो वर्षकी मिस नेपाल उपाधि विजेता प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराइदिएका हुन् ।

ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् । यसका साथै १२ सहविधाका विजेता समेत घोषणा उक्त समारोहमा घोषणा गरिएको छ ।

काठमाडौँकी स्थायी बासिन्दा रहेकी मिस नेपाल उपाधि विजेता प्रधान वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन् । २३ वर्षिया प्रधान आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउन रुचाउँछिन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्