संसद्‍बाटै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई जवाफ फर्काएपछि…

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई जवाफ फर्काएका छन्।

शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि रास्वपाका सभापति रवि लामिछानेले गरेको प्रश्नको जवाफ फर्काएका छन्।

- Advertisement -
Ad imageAd image

लामिछानेले जेठ १० गतेको संसद् बैठक बोल्दै प्रधानमन्त्री प्रचण्डको मुटु हल्लिएको हो कि होइन भन्दै मुटु जाँच गराउन भनेका थिए।

लामिछानेको जवाफ फर्काउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘एकजना माननीयले प्रधानमन्त्रीको मुटु हल्लिएको भन्नुभयो। विल्कुल आशंका नगर्न र सरकारले गरेको संकल्पमा दृढतापूर्वक उभिन आग्रह गर्दछु।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्