प्रधानमन्त्रीको स्पष्टीकरण: पशुपतिनाथको जलहरीमा ओलीलाई जोड्नु उचित होइन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा दाहालले पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भन्दै यसमा सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नभएको प्रष्टीकरण दिए ।

‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सदनमा केहि विषय उठेको छ । जलहरी सम्बन्धि विषयमा काम गर्ने क्षेत्राधिकार पशुपतिनाथ विकास कोषको हो । सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन् । अख्तियार अनुसन्धानमा आयोगमा निवेदन परि छानविन भईरहेको छ । यसमा सरकारको सहयोग रहेको छ । यस विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसदमा विचार राख्नु उचित होईन, यस्ता विषय संसदको रेकर्डबाट हटाउने चलन छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array