वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिवमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

- Advertisement -
Ad imageAd image

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ५० हवार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको क्रममा दुबैजनाले घुस माग गरी लिएको पुष्टि भएकाले शुक्रबार अदालतमा आरोपपत्र दायर गरिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा उनीहरूलाई बिगो ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइ आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जनाएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्