अध्यक्ष ओलीलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेद्वारा संसद बैठक अवरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष‍ केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै आपत्ति जनाउँदै एमाले सांसदले संसद् अवरोध ग‍रेका छन्।

सत्तापक्षका नेताले विना आधार भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाए । उनले भने,’ सत्तापक्षका नेता लेखनाथ दाहाल’ राजन’ ले हाम्रो दलका नेतालाई पशुपतिको गजुर काण्डमा सुन र पित्तल भनेर आरोप लगाउनुभयो। हामी जवाफ चान्छौँ। सत्ता पक्षले जवाफ नआएसस्म्म सदनको कारवाही अघि बढन सक्दैन। एमाले भ्रष्टाचार विरोधी पार्टी हो।’

- Advertisement -
Ad imageAd image

प्रमुख सचेतक गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’आरोप लगाएका थिए।

त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुनः उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजीसमेत गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्