काभा अन्तर्राष्ट्रिय महिला भलिबल: आज भारतलाई हराए नेपाल फाइनलमा पुग्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज कजाकस्तानसँग खेल्ने भएको छ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बेलुकी ५ बजे नेपाल र कजाकस्तानको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु हुनेछ।

नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा छ भने कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ ।

नेपाल समूह ‘ए’ को उपविजेता र कजाकस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array