आजको मौसम: पहाडी भू–भागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

- Advertisement -
Ad imageAd image

आज राति देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्