मौसम पूर्वानुमान: तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: