राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

- Advertisement -
Ad imageAd image

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजे बस्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्