जेठ १९ गतेदेखि आइपीओ जारी गर्दै कुथेली बुखरी स्मल हाइड्रो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – कुथेली बुखरी स्मल हाइड्रोपावरले वैदेशिक रोजगारमा गएका नेपाली र आयोजना प्रभावितलाई जेठ १९ गतेदेखि प्राथमिक सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

असार ३ गतेसम्म आवेदन पेश गर्न मिल्ने कम्पनीले जनाएको छ । स्थानीयबाट पर्याप्त आवेदन नआए असार १७ गतेसम्म म्याद थप्नेछ । स्थानीयले १ लाख २१ हजार ८६८ कित्तामा आवेदन दिन सक्नेछन् । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–९ र भीमेश्वर नगरपालिका–१ का बासिन्दाले आइपीओ पाउनेछन् ।

त्यसैगरी वैदेशिक रोजगारीमा गएकालाई १२ हजार १८६ कित्ता छुट्याएको छ। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन पेश गर्न मिल्छ ।

कम्पनीले ०.९९८ मेगावाटको सुष्पा बुखरी खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको कुल लागत २४ करोड ७५ लाख रुपैयाँ अनुमान गरेको छ । तर, प्रति मेगावाट लागत २४ करोड ८० लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array