सफा हिमाल अभियानका शेर्पासहित तीन आरोहीको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ।

सफा हिमाल अभियान-२०२३ का सरदारसमेत रहेको शेर्पाका सोमबार निधन भएको हो। उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए।

- Advertisement -
Ad imageAd image

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प-२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए। सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबावार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ।

उनको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ।

उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्