सप्तरीको छिन्नमस्ता भगवति मन्दिरको प्रचार प्रसारमा जोड दिनुपर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

सप्तरी– सप्तरी युनेस्को क्लब तथा संघ संस्थाहरुको राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष आनन्दराज त्रिपाठीले सप्तरीको छिन्नमस्ता भगवति मन्दिरले जिल्लाको धार्मिक पर्यटन विकासमा महत्वपूर्ण योग्दान दिन सक्ने भएकाले यस ठाउँको संरक्षण, सम्बद्धर्न र प्रचार प्रसारमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।


युनेस्को गतिविधिहरुको लागि नेतृत्व र क्षमता विकास तालिममा सहभागीलाई सोमवार राजविराजमा सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले बताए । आफू सप्तरी पटक पटक आए पनि यहाँ खासै परिवर्तन नभएको बताए । राजविराज शहरको सौन्दर्यताको प्रमुख बाधक फोहरमैला रहेको बताउदै भने ‘दिनदिनै फोहर उठाउन नसक्नु र यसलाई वेवास्ता गर्नु दुःखद रहेको बताए‘, । पुरानो पुस्ताको अनुभव लिदै नयाँ पुस्ताले यहाँको धर्म,संस्कृति,कला,सम्पदाको संरक्षण,सम्बद्र्धन गर्ने तर्फ लाग्नुपर्नेमा उहाँले जोड दिए ।

- Advertisement -
Ad imageAd image


अध्यक्ष त्रिपाठीले किसिमको तालिम आउने दिनमा निरन्तर गर्ने प्रतिबद्धता समेत व्यतm गरे । उहाँले सप्तरीको विकासमा कोशी टेलिभिजनको पनि महत्वपूर्ण भूमिका रहेकोले कोशी टेलिभिजन टिमले सजग र सचेत भई सप्तरीको सर्वागिंक विकासमा लाग्न आग्रह गरे । राजविराजस्थित श्री बालाजी ब्यांगकेट तथा पार्टी प्यालेसमा सम्पन्न तालिममा विभिन्न पेशा व्यवसायीमा आवद्ध ३५ जनाको सहभागी रहेका थिए ।
युनेस्को क्लब तथा संघ संस्थाहरुको राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष महेश्वर प्रसाद शर्मा, महासचिव युवराज न्यौपाने, उप–महासचिव रामनाथ मैनाली लगायतले शुभकामना मन्तव्य व्यत गरे । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका कार्यक्रम अफिसर पदम जोशीले सहभागीहरुलाई प्रशिक्षण दिए । कार्यक्रममा सहभागीहरुलाई महासंघका मधेश प्रदेश अध्यक्ष पार्थो सरकारले स्वागत गरेका थिए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्