लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक-एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नेपाली कांग्रेसबाट राजु खनाल र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता मन्त्री बन्ने करिव पक्का भएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक–एक मन्त्रालय पाउने सहमति छ।

नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् । आज नयाँ मन्त्रीहरू पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोक्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array