नक्कली शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई म्याद थपका लागि अदालत लगियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं–  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका  १६ जनालाई नै म्याद थप गर्न आज अदालत लगिएको छ।

१६ जना आरोपीहरूलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

- Advertisement -
Ad imageAd image

पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थप समय हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौँले फेरि अदालतसँग अनुमति माग गरेको छ ।

 उनीहरूलाई नै अदालत उपस्थित गराएर थप समय हिरासत राख्न अनुमति माग्ने तयारी भएको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्