नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८०, आईतवार
0 Min Read
Aa

काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array