मधेस प्रदेशमा आलोपालो सरकार गर्ने सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – मधेस प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवासका बालुवाटारमा शुक्रबार बसेको प्रदेश पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने निर्णय गरेको हो ।

- Advertisement -
Ad imageAd image

कांग्रेस संसदीय दलका नेता कृष्ण यादवलेकाअनुसार आलोपालो सरकार सञ्चालन गर्ने, अहिले जसपाले सरकारलाई निरन्तरता दिने सहमति भएको हो । त्यसपश्चात् कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारको नेतृत्व पाउने सम्भावना रहेको उनले जानकारी दिए ।

“अहिले जसपालाई निरन्तरता दिने र केही समय पश्चात् कांग्रेस र लोसपाले सरकारको नेतृत्व पाउने सहमति भएको छ,” यादवले भने, “कति समय र कसरी हुने भन्ने कुरा अहिले खुलाउन मिल्दैन । केन्द्रले निर्णय गर्ने सहमति भएको छ ।”
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्