नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa
Ram Chandra Paudel

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

निर्वाचित भएपछि गोरखा पुगेर ‘अब सवारी नभएर आवागमन भन्न’ निर्देशन दिएका राष्ट्रपति पौडेलले नागरिकलाई असुविधा हुनेगरी कारगेड प्रयोग नगर्न निर्देशन दिएका हुन् । उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ति पाउनेगरी नयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array