समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख रहेको शङ्कर पोखरेलको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख भएको बताएका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले क्रान्ति र समाज परिवर्तनको नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निराशा उत्पन्न भएको र समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख रहेको आरोप समेत लगाएका छन् । उनले लेखेका छन्,‘क्रान्ति र समाज परिवर्तनको यो नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निराशा उत्पन्न हुने गर्दछ ।’

उनले आमरुपमा राज्य, सङ्गठित शक्तिहरू र अख्तियार प्राप्त व्यक्तिहरू प्रतिको अविश्वास,निराशा र घृणा त्यसकै उपज रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array