नक्कली भुटानी शरणार्थी प्रकरण: नेकपा एकीकृत समाजवादीले काठमाडौँमा प्रदर्शन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ।

सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको हो।

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array