अब हरेक चुनाव काँग्रेसले एक्लै लड्नुपर्छ: शेखर कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन काँग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।

अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

काठमाडौँमा बुधबार प्रजातान्त्रिक बिचार समाजको २५ औँ साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पछिल्ला दिनहरूमा राजनीतिक दल र नेताहरूप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरू सुध्रिनुपर्ने बताएका छन् ।

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताए । ‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ’ उनले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्