असारपछि कर्जा र निक्षेपको ब्याज घट्छ: राष्ट्र बैंक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडाैं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले असारपछि कर्जा र निक्षेप दुवैको ब्याजदर घट्ने बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले भने, ‘असारपछि बैंकको आधारदर घट्छ । आधारदर घटेपछि बैंकको निक्षेप र कर्जाको पनि ब्याज घट्नेछ ।

ब्याज घट्ने संकेत चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् पनि भएको बताउँदै उनले यसले ऋणीलाई केही सहज भएको बताए ।

नेपाल राष्ट्र बैंक नेपालको औद्योगिक क्षेत्रको विकासको लागि काम गरेको बताउँदै मौद्रिक नीतिमार्फ्त पनि समस्यामा परेका क्षेत्रको उत्थानका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको पनि उनले बताए । राष्ट्र बैंकले स्वदेशी उत्पादनलाई बढी प्राथिमकता दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array