बालकृष्ण खाँणको बयान आज पनि जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ ।

गत बिहीबार पक्राउ परेका खाँणलाई हिजो (सोमबार)बाट विषय केन्द्रित भएर बयान लिन सुरु गरिएको हो ।

- Advertisement -
Ad imageAd image

 सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुपैयाँ दिएको बयान दिए पछि खाँण सो प्रकरणमा तानिएका हुन् ।

साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्