६ करोड बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

मकवानपुर – मकवानपुरको हेटौडा उपमहानगरपलिका १५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहित तीनवटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ जार ४ रुपैयाँ ५० पैसा )मुल्य लेखिएको प्रज्ञापनपतसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीनवटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सू्चनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array