न्यौपानेको गीत ‘मेरी स्वास्नी पोइला गई’ सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले भर्खरै मात्र ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन । गीतकार दीपक पौडेलको शब्द रचनामा रहेको ‘मेरी स्वास्नी पोइला गई’ बोलको गीतमा न्यौपानेले स्वर दिएका छन् ।  सङ्गीत पनि न्यौपानेले नै भरेका छन् । गीत रमाइलो तरिकाले प्रस्तुत गरिएको भए पनि विषयवस्तु भने गम्भिर र तत्कालिन जल्दोबल्दो विषय रहेको छ । मिटर ब्याज सम्बन्धि विषयलाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतको व्यवस्थापन बाबुल गिरीले गरेका छन् । भिडियो भने कुमार कटवालले खिचेका हुन् । उक्त म्युजिक भिडियोमा कुमार न्यौपाने आफैं, चर्चित पहलवान अस्मिता जुरेली, भगवती खड्का (युनिका), अमितजंग कार्की, कुसाङ रुम्बालगायतका कलाकार रहेका छन् ।

न्यौपानेको गृहजिल्ला दोलखाको खरिढुङ्गास्थित सुन्दर स्थानमा छायांकन गरिएको गीत रमाइलो र मनोरञ्जनात्मक छ। सुँगुरले भिडियोमा थप रमाइलो थपेको छ । ‘मेरी स्वास्नी पोइल गई’ हास्य र मनोरञ्जनको अनुपम मिश्रण गीत हो । त्यसैले पनि यो गीतलाई दर्शकहरुले रुचाउने न्यौपानेले बताए । करिश्मा मानन्धरले मोडलिङ्ग गरेको सोलारको भाइरल विज्ञापन पनि उनै न्यौपानेले बनाएका थिए ।

कुमार न्यौपानेका यसअघिका ‘ढाका टोपी मैलो’, ‘जुलुस’ र ‘हङ्कङ बजारमा’ जस्ता गीत नेपाली दर्शकमाझ अझै लोकप्रिय छन् ।

गित  तलको लिङ्कमा 

https://www.youtube.com/watch?v=MQXk7Dbf2xs

प्रतिक्रिया दिनुहोस्