भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी छु: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफू खुशी भएको प्रतिक्रिया दिएका छन् । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणी गरेको छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए।

- Advertisement -
Ad imageAd image

पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’, ‘जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरु भएको छैन। त्यसको प्रतीक्षा अझै बाँकी छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्