धादिङमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, स्थानीयले गरे सडक अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – धादिङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ । गल्छी गाउँपालिका–८, निवुवाकोटका अन्दाजी २८ वर्षीय विनोद थापामगरको हत्या गरिएको हो ।

बुधबार राति करिब पौने १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका थापामगरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका अन्दाजी २५ वर्षीय निरज पन्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विषयलाई लिएर सो ठाउँमा अहिले स्थानीयले सडक अवरुद्ध गरेका छन् । सडकमा उत्रिएर उनीहरूले प्रदर्शन गरिरहेका छन् । गल्छी हुँदै नुवाकोटतर्फ जाने–आउने सवारीसाधन ठप्प छ ।

मापसे गरी विवाद हुँदा चक्कु प्रहार गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

Array